काठमाडौं । आईसीसी यू–१९ विश्वकपमा आकाश चन्दले अफगानिस्तानको छैटौँ विकेट झारेका छन्।
सुपर सिक्समा पुग्नका लागि निर्णायक खेलमा आकाश चम्किदा अफगानिस्तान नाजुक अवस्थामा पुगेको छ।
आकाशले ५.३ ओभरमा मात्र ९ रन खर्चदा ५ विकेट लिएका छन्। गुल्सनले एक विकेट झारे। आकाशले व्यक्तिगत पाँचौँ विकेट लिदा हसन इसाकिलको विकेट लिएका हुन्। उनले १२ औं ओभरको तेसस्रो बलमा २० रन बनाएका हसनलाई पेभेलियनकाने बाटो देखाए।
इष्ट लन्डनको बफेलो पार्कमा टस जितेर ब्याटिङ गरिरहेको अफगानिस्तानले १२ ओभरको खेल जारी रहँदा ६ विकेटको क्षतिमा ४३ रन बनाएर खेलिरहेको छ।