बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • आर्सनलसँग शीर्ष स्थानको लिभरपुल निराश


    हुलाक प्रेस

    • सोमबार, माघ २२ २०८०११:३१
    आर्सनलसँग शीर्ष स्थानको लिभरपुल निराश

    काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लिग लिडर लिभरपुल आर्सनलसँग ३–१ ले पराजित भएको छ ।

    आइतबार राति घरेलु मैदान इमिरेट्स रंगशालामा आर्सनललाई जित दिलाउन बुकायो साका, ग्याब्रियल मार्टिनेली र लिएन्ड्रो ट्रोसार्डले गोल गरे । लिभरपुलले भने आर्सनलकै ग्याब्रियल मागालहाएसबाट आत्मघाती गोल उपहार पाएको थियो ।

    खेलको १४औँ मिनेटमा साकाले गोल गर्दै घरेलु टिमलाई अग्रतामा राखेका थिए । पहिलो हाफको इन्ज्युरी समयमा मागालहाएसबाट आत्मघाती गोल उपहार पाएपछि लिभरपुल खेलमा फर्किएको थियो ।

    ६७औँ मिनेटमा मार्टिनेलीले गोल गर्दै पुनः घरेलु टिमलाई २–१ को अग्रतामा राखे । इन्ज्युरी समयमा ट्रोसार्डले गोल गरेपछि आर्सनलले लिग लिडरविरुद्ध ३–१ को जित निश्चित गरेको हो ।

    जितसँगै २३ खेलबाट ४९ अंक जोड्दै आर्सनल दोस्रो स्थानमा उक्लिएको छ । आर्सनलले शीर्ष स्थानको लिभरपुलसँग अंक दूरी दुई अंकमा झारेको छ । लिभरपुल समान खेलबाट ५१ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ