बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • उपाधि दाबेदार दक्षिण कोरियालाई हराउँदै जोर्डन पहिलोपटक एसियन कपको फाइनलमा


    हुलाक प्रेस

    • बुधबार, माघ २४ २०८००८:३३
    उपाधि दाबेदार दक्षिण कोरियालाई हराउँदै जोर्डन पहिलोपटक एसियन कपको फाइनलमा

    काठमाडौं । उपाधि दाबेदार मानिएको दक्षिण कोरियालाई हराउँदै जोर्डन कतारमा जारी एसियन कपको फाइनलमा प्रवेश गरेको छ।

    वरीयतामा निकै माथि रहेको दक्षिण कोरियाविरुद्ध २-० को सानदार जित हासिल गर्दै जोर्डन पहिलोपटक एसियन कपको उपाधिनजिक पुगेको हो।

    ५३औँ मिनेटमा गोल गरेर जोर्डनलाई सुरुवाती अग्रता दिएका याजान अल नैमातले ६६औँ मिनेटमा अर्को गोल हाने। 

    एकै समूहका दक्षिण कोरिया दोस्रो र जोर्डन तेस्रो रहँदै अन्तिम १६ मा छानिएका थिए। अन्तिम १६ मा इराक र क्वाटरफाइनलमा ताजिकिस्तानलाई हराउँदै जोर्डन पहिलोपटक सेमिफाइनलमा पुगेको थियो। जोर्डन अब फाइनलमा कतार र इरानबीच बिहीबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग भिड्नेछ। 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ