बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र स्वरोजगार लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


    हुलाक प्रेस

    • बिहीबार , फागुन १० २०८००९:०२
    सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र स्वरोजगार लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । आज दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र स्वरोजगार लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि ११ गते र स्वरोजगार लघुवित्तले फागुन १३ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै यी कम्पनीको लाभांश प्राप्त गर्न सभामा सहभागी हुन योग्य हुनेछन् ।  

    फागुन ११ र १२ गते शुक्रबार र शनिवार परेकाले सेयर कारोबार बन्द हुन्छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत आवका लागि ११ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । 

    त्यस्तै स्वरोजगार लघुवित्तले गत आवका लागि ७ प्रतिशत बोनस सेयर र ०.३६८ प्रतिशत नगद लाभांश(कर सहित प्रयोजनको लागि) गरी कुल ७.३६८ प्रतिशत लाभांश घोषणा गरेको छ ।  

    सिद्धार्थ इन्स्योरेन्सको साधारण सभा आगामी फागुन ३० स्वरोजगार लघुवित्तको फागुन २६ गते आयोजना हुँदैछ । साधारण सभाबाट लाभांश पारित भएपछि यी दुई कम्पनीका सेयरधनीहरुलाई प्रस्तावित लाभांश प्रदान गरिनेछ । 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ