बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • धितोपत्र बोर्डको अध्यक्ष बन्न १९ जनाको आवेदन, को-को हुन् दाबेदार ?


    हुलाक प्रेस

    • बिहीबार , चैत १ २०८००३:२९
    धितोपत्र बोर्डको अध्यक्ष बन्न १९ जनाको आवेदन, को-को हुन् दाबेदार ?

    काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष पदका लागि १९ जनाले आवेदन दिएका छन् । बोर्डको अध्यक्ष पदका लागि आवेदन दिने अन्तिम दिन बुधबार साँझ कार्यालय समयसम्म उक्त १९ जनाले आवेदन दिएको अर्थमन्त्रालय स्राेतले जानकारी दिएको छ । 

    बोर्डको अध्यक्ष बन्नका लागि बोर्डभित्रैबाट ३ जनाले आवेदन दिएका छन् । जसमध्ये कार्यकारी निर्देशक डा. नवराज अधिकारी, मुक्ती श्रेष्ठ र कृष्ण प्रसाद पोखरेलले उक्त पदका लागि आवेदन दिएका हुन् ।

    यस्तै तत्कालिन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी, नेपाल स्टक एक्सचेञ्जका कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, प्रबिण पन्दाक, सेयर बजार विश्लेषक डा‍. केशब प्रसाद श्रेष्ठ र रघु काफ्लेले आवेदन दिएका छन् ।

    आवेदन दिनेहरुमध्येबाट बोर्डको अध्यक्ष छनौट समितिले ५ जनालाई सर्ट लिस्टिङ गरेर अन्तरवार्ता तथा प्रस्तुतिकरणका लागि बोलाउने छ । तिमध्ये तीन जनाको नाम अध्यक्ष नियुक्तीका लागि मन्त्रिपरिषदलाई सिफारिस गर्नेछ र मन्त्रिपरिषदले एक जनालाई बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ