बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • नेपालले तिर्नु पर्ने ऋण २३ खर्ब ८८ अर्ब पुग्यो, फागुन मै थपियो डेढ अर्ब


    हुलाक प्रेस

    • आइतबार, चैत ४ २०८००२:२३
    नेपालले तिर्नु पर्ने ऋण २३ खर्ब ८८ अर्ब पुग्यो, फागुन मै थपियो डेढ अर्ब

    काठमाडौं । चालु आर्थिक वर्षको फागुन महिनामा नेपालको सार्वजनिक ऋण १ अर्ब ४९ करोड रुपैयाँले बढेको छ। यस संगै नेपालले तिर्नु पर्ने सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ कराड रुपैयाँ पुगेको छ। नेपालले तिर्न बाँकी उक्त ऋण मध्ये ११ खर्ब ८५ अर्ब ५२ करोड रुपैयाँ आन्तरिक र १२ खर्ब २ अर्ब ७३ करोड वाह्य ऋण हो । 

    फागुन महिनमा साँवा र ब्याज गरी २४ अर्ब रुपैयाँ ऋण नेपालले भुक्तानी पनि गरेको छ । जसमध्ये १६ अर्ब ५३ करोड आन्तरिक र ३ अर्ब ७३ करोड वाह्य ऋण भुक्तान गरेको हो । फागुन महिनामा आन्तरिक रुपमा १३ अर्ब र वाह्यबाट १ अर्ब ८६ करोड गरी कुल १४ अर्ब ८६ करोड ऋण नेपालले लिएको छ ।

    चालु आवको माघ मसान्तसम्म नेपालले तिर्न बाँकी ऋण २३ खर्ब ८६ अर्ब ७७ करोड रुपैयाँ थियो । 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ