बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • नेपालको व्यापार घाटा ९२९ अर्ब पुग्यो


    हुलाक प्रेस

    • मंगलबार, चैत ६ २०८००२:३७
    नेपालको व्यापार घाटा ९२९ अर्ब पुग्यो

    काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा १० खर्ब ३० अर्ब २२ करोड रुपैयाँ बराबरको बस्तु तथा सेवा आयात भएको छ । गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा आयात २.६६ प्रतिशत आयात घटेको हो । गत आवको ८ महिनामा १० खर्ब ५८ अर्ब ३८ करोड रुपैयाँ बराबरको बस्तु तथा सेवा आयात भएको थियो ।

    आयातसँगै नेपालको निर्यात पनि घटेको छ । चालु आवको ८ महिनामा निर्यात ३.९९ प्रतिशतले घटेको हो । चालु आवको ८ महिनामा १ खर्ब ६१ करोड रुपैयाँको बस्तु तथा सेवा निर्यात भएको छ । गत वर्षको सोहि अवधिमा यस्तो निर्यात १ खर्ब ४ अर्ब रुपैयाँको भएको थियो । 

    समग्रमा यो ८ महिनामा नेपालको ब्यापार घाटा ९ खर्ब २९ अर्ब ६० करोड रुपैयाँ रहेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा २.५२ प्रतिशत कम हो । गत आवको सोहि अवधिमा ९ खर्ब ५३ अर्ब ५८ करोड रुपैयाँ व्यापार घाटा रहेको थियो । 

    यो अवधिमा ११ खर्ब ३० अर्ब ८४ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । गत आवको सोहि अवधिको तुलनामा यो २.७८ प्रतिशत कम हो । गत आवको सोहि अवधिमा नेपालको वैदेशिक व्यापार ११ खर्ब ६३ अर्ब १८ करोड रहेको थियो ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ