बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • नेपाल राष्ट्र बैंकले दश ठूला बैंकको गुणस्तर अडिट प्रक्रिया अघि बढायो


    हुलाक प्रेस

    • आइतबार, चैत ११ २०८००४:१३
    नेपाल राष्ट्र बैंकले  दश ठूला बैंकको गुणस्तर अडिट प्रक्रिया अघि बढायो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न १० बैंकहरुको गुणस्तर अडिट प्रक्रिया अघि बढाएको छ । अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)को सर्तलाई आत्मसात गर्दै केन्द्रिय बैंकले १० ठूला बाणिज्य बैंकहरुको लेखा परिक्षण अन्तराष्ट्रिय फर्महरुबाट गराउने प्रक्रिया अघि बढाएको हो ।

    राष्ट्र बैंकले शुक्रबार एक अन्तरराष्ट्रिय बोलपत्र आह्वान गर्दै विदेशी फर्मको आवेदन आह्वान गरेको छ । अन्तराष्ट्रिय अडिट फर्महरुले अप्रिल ७ (चैत २५ गते) भित्र राष्ट्र बैंकमा निवेदन दिइसक्नुपर्नेछ ।

    बोलपत्रमा सहभागी कम्पनीको योग्यताको आधारमा ५० प्रतिशत, अनुभवको आधारमा ४० प्रतिशत र क्षमताको आधारमा १० प्रतिशतलाई मानेर कम्पनी छनोट गरिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

    नेपालमा ठुलो व्यवसाय गर्दै आएका नबिल बैंक, एनआइसी एसिया बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, एनएमबि बैंक र राष्ट्रिय वाणिज्य बैंकको लेखापरिक्षण विदेशी अडिट फर्महरुबाट गर्न खोजिएको हो ।

    यी बैंकहरुको ऋणको गुणस्तर, ऋणमा नियन्त्रण, खराब कर्जा म्यानेजमेन्ट, धितो मुल्यांकन लगायत विषयलाई ध्यान दिई लेखापरिक्षण हुने राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ