बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • बार्सिलोनालाई हराउँदै पीएसजी सेमिफाइनलमा


    हुलाक प्रेस

    • बुधबार, वैशाख ५ २०८११०:१७
    बार्सिलोनालाई हराउँदै पीएसजी सेमिफाइनलमा

    काठमाडौं । बार्सिलोनालाई पराजित गर्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। 

    मंगलबार राति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा बार्सिलोनामाथि ४–१ को जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको गरेको हो। पिएसजीले समग्रमा ६–४ को जित निकालेको हो।
     
    क्वार्टरफाइनलको पहिलो लेगमा ३–२ को जित निकालेपनि घरेलु मैदानमा भएको दोस्रो लेगमा उत्कृष्ट खेल प्रस्तुत गर्न सकेन। 

    खेलको २९ औँ मिनेटमा नै बार्सा १० खेलाडीमा समेटिएको थियो। डिफेन्डर रोनाल्ड आराउफले सिधै रातो कार्ड पाउँदै मैदान छाडेपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो। 

    त्यसअघि खेलको १२ औँ मिनेटमा राफिन्हाको गोलमा बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो। तर खेलको ४० औँ मिनेटमा उसमान डेम्बेलेको गोलमा पिएसजी खेलमा फर्किएको थियो। खेलको ५४ औँ मिनेटमा भिटिन्हाको गोलमा पिएसजीेले अग्रता बनायो। 

    खेलको ६१ औँ मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै टोलीलाई फराकिलो अग्रता दिलाए। ८९ औँ मिनेटमा एमबाप्पेले नै व्यक्तीगत दोस्रो तथा टोलीका लािग चौथो गोल गरे। 

    पिएसजीले अब सेमिफाइनलमा बोरुसिया डर्टमुन्डसँग खेल्नेछ। सेमिफाइनलको पहिलो लेग ३० अप्रिल तथा दोस्रो लेग ७ मे मा हुनेछ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ