बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • एक महिनामै थपियो ११ अर्ब ६४ करोड सार्वजनिक ऋण


    हुलाक प्रेस

    • मंगलबार, जेठ ८ २०८१०८:०३
    एक महिनामै थपियो ११ अर्ब ६४ करोड सार्वजनिक ऋण

    काठमाडौं । चालु आर्थिक वर्षको वैशाख महिनामा मात्रै साँढे ११ अर्ब बढी रुपैयाँ सार्वजनिक ऋण  थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यलयका अनुसार वैशाख महिनामा मात्रै ११ अर्ब ६४ करोड रुपैयाँ ऋण थपिएको हो । 

    यससँगै वैशाख मसान्तसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २३ खर्ब ९७ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । यो आकँडा कुल ग्राहस्थ उत्पादनको ४२.०२ प्रतिशत हो । 

    तिर्न बाँकी ऋणमध्ये ११ खर्ब ८४ अर्ब ४८ करोड रुपैयाँ आन्तरिक र १२ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ वाह्य ऋण हो । 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ