बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • प्रभु बैंकको १०.२४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने


    हुलाक प्रेस

    • मंगलबार, जेठ ८ २०८१०८:४३
    प्रभु बैंकको १०.२४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने

    काठमाडौं । प्रभु बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको १० लाख कित्ता बढी सेयर बिक्री राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १० लाख २४ हजार ३१८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

    कुल सेयरमध्ये ६ लाख ५६ हजार २३४ कित्ता सेयर विद्यमान संस्थापक वा अन्य कुनै व्यक्ति वा कम्पनीका लागि र ३ लाख ६८ हजार ८४ कित्ता सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि मात्रै बिक्रीमा राखिएको छ ।  

    सर्वसाधारणका लागि बिक्रीमा राखिएको सेयर खरिदका लागि लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र र विद्यमान संस्थापक सेयरधनीहरुका लागि मात्रै बिक्रीमा राखिएको सेयरका लागि भने ३५ दिनभित्र बबरमहलमा रहेको बैंकको केन्द्रीय कार्यालयमा नेपाल राष्ट्र बैंकले तोके बमोजिमको फिट एण्ड टेष्टको मापदण्ड पुरा हुने कागजातसहित आवेदन दिनुपर्नेछ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ