बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य घट्ने क्रम जारी, आज प्रतिऔस ५३ डलरले घट्यो


    हुलाक प्रेस

    • शुक्रबार, जेठ ११ २०८१०९:०३
    सुनको मूल्य घट्ने क्रम जारी, आज प्रतिऔस ५३ डलरले घट्यो

    काठमाडौं । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा व्यापक गिरावट आएको छ । आज पनि अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २.२३ प्रतिशत अर्थात प्रतिऔंस ५३.२० डलरले घटेको छ । सुनको मूल्य प्रतिऔंस २ हजार ३२८.९१ डलरमा कारोबार भईरहेको छ ।  

    सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य प्रतिऔंस २.०९ प्रतिशत अर्थात ०.६५ डलरले घटेको छ । यो गिरावटसँगै अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य प्रतिऔंस ३०.२७ डलरमा झरेको छ ।

    नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ३८ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ ।  


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ