बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • विश्वकप अघिको पहिलो वार्मअप खेलमा नेपालले क्यानडाबाट पायो १८४ रनको लक्ष्य


    हुलाक प्रेस

    • मंगलबार, जेठ १५ २०८१०६:११
    विश्वकप अघिको पहिलो वार्मअप खेलमा नेपालले क्यानडाबाट पायो १८४ रनको लक्ष्य

    काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपअघिको पहिलो वार्मअप खेलमा नेपालले क्यानडाबाट १८४ रनको लक्ष्य पाएको छ ।

    सोमबार डल्लासमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको क्यानडाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८३ रनको योगफल खडा गरेको हो ।

    क्यानडाका निकोलस किर्टोनले ५२ रन बनाए । उनले ३९ बलमा चार चौका र दुई छक्का प्रहार गरे । रविन्द्रपाल सिंहले ४१, डिलोन हाइलिजरले १३, नवनित धनिवालाले ३२, पर्गत सिंहले १३ र आरोन जोन्सनले १० रन थपे ।

    नेपालका अभिनाश बोहराले दुई विकेट लिए । करण केसी, सोमपाल कामी, गुल्सन झा, सागर ढकाल र ललितनारायण राजवंशीले समान एक विकेट लिए ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ