बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • रु.३०.८७ अर्बको ट्रेजरी बिल नविकरण गर्दै सरकार


    हुलाक प्रेस

    • सोमबार, जेठ २१ २०८१०८:४१
    रु.३०.८७ अर्बको ट्रेजरी बिल नविकरण गर्दै सरकार

    काठमाडौं । नेपाल सरकारले जेठ २२ गते ३०अर्ब ८७ करोड रुपैयाँको ट्रेजरी बिल नविकरण गर्ने भएको छ ।  सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्षे अवधिको ट्रेजरी बिल नविकरण गर्न लागेको हो ।  
    यी ट्रेजरी बिलको जेठ २१ गते बोलकबोल हुनेछ ।  

    कार्यालयले २८ दिनको लागि ८ अर्ब रुपैयाँ, ९१ दिनको लागि ६ अर्ब ४ करोड रुपैयाँ, १८२ दिनका लागि १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण र १ वर्षको लागि ६ अर्ब ८३ करोड रुपैयाँबराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।  

    ट्रेजरी बिल जेठ २१ गते अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुनेछ । 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ