बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • १० महिनामा ११ खर्ब ९८ अर्ब रेमिट्यान्स भित्रियो, बैशाखमा मात्रै आयो १ खर्ब १६ अर्ब


    हुलाक प्रेस

    • मंगलबार, जेठ २९ २०८१०८:४०
    १० महिनामा ११ खर्ब ९८ अर्ब रेमिट्यान्स भित्रियो, बैशाखमा मात्रै आयो १ खर्ब १६ अर्ब

    काठमाडौं । चालु आर्थिक बर्षको पछिल्लो १० महिना (साउन–बैशाख)मा ११ खर्ब ९८ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । 

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा गत आर्थिक बर्षको सोही अवधिको तुलनामा १९.२ प्रतिशतले बढि ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ बराबरको रेमिट्यान्स आएको हो ।

    गत आर्थिक बर्षको यहि अवधिमा अघिल्लो आवको तुलनामा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.१ प्रतिशतले वृद्धि भई ९ अर्ब २ करोड पुगेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

    चालु आवको बैशाखमा मात्रै नेपालले १ खर्ब १६ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्र्याएको तथ्यांकमा उल्लेख छ । यसअघि चैतसम्म १० खर्ब ८२ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्र्याएको नेपालले बैशाखमा मात्रै ११६ अर्ब रुपैयाँ थप गरेको हो ।

    चालु आवको १० महिनासम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख ७४ हजार ८ सय ८७ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ३७ हजार ८ सय ९३ रहेको छ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ