बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • नागरिक लगानी कोषको लाभांश घोषणा, बोनस शेयर कति ?


    हुलाक प्रेस

    • शुक्रबार, जेठ ३२ २०८१०१:३१
    नागरिक लगानी कोषको  लाभांश घोषणा, बोनस शेयर कति ?

    काठमाडौं । नागरिक लगानी कोष(सीआईटी) ले गत आर्थिक वर्ष २०८० /०८१ को मुनाफाबाट बोनस शेयर घोषणा गरेको छ ।

    कम्पनीले हाल कायम चुक्तापूँजीको कुल १४.७३६८ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमा १४ प्रतिशत बोनस शेयर रछ भने कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद लाभांश छ ।

    गत असार ३२ गते बसेको कोषको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने घोषणा गरेको हो । नेपाल सरकार, अर्थमन्त्रालयबाट स्वीकृति भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश शेयरधनीले पाउने छन् ।

    कम्पनीले आर्थिक वर्ष २०७८(७९ को नाफाबाट शेयरधनीलाई २६.३२ प्रतिशत(करसहित) लाभांश दिएको थियो । 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ