बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • १० वर्षमा ३० खर्बको आईटी उत्पादन निर्यात गर्ने लक्ष्य


    हुलाक प्रेस

    • शनिबार, असार १ २०८१०३:३६
    १० वर्षमा ३० खर्बको आईटी उत्पादन निर्यात गर्ने लक्ष्य

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले इन्फरमेसन टेक्नोलोजीको क्षेत्रमा पाँच वर्षसम्म कुनै पनि करका नीतिहरूमा परिवर्तन नगर्ने बताएका छन् । 

    शनिबारबाट ललितपुरमा सुरु भएको राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन, २०८१ लाई सम्बोधन गर्दै उनले आईटीको क्षेत्रमा नेपालले अब फड्को मार्नुपर्ने बताए । 

    उनले नेपालका लागि आईटी क्षेत्र प्रतिस्पर्धा गर्नसक्ने क्षेत्र भएको धारणा राखे । उनले १० वर्षमा ३० खर्बको आईटी उत्पादन निर्यात गर्नसक्ने महत्वाकांक्षी योजना सरकारले ल्याएको जानकारी दिए । 

    उनले काठमाडौंमा तत्काल एउटा आईटी हब बनाउने र त्यसका लागि केही ठाउँ हेरिसकिएको बताए । सात प्रदेशमा नै हबको रुपमा विकास गर्ने लक्ष्य रहेको उनको भनाइ छ । 

    सरकारका तर्फबाट काठमाडौंमा कम्तिमा १० ठाउँमा तत्काल आईटी सेन्टर स्थापना गर्ने र तीन वर्षलाई कुनै पनि शुल्क नलिने बताए । 

    अर्थमन्त्री पुनले गत आर्थिक वर्षमा ६६ अर्ब बराबरको आईटी सेक्टरको सेवा निर्यात गरेको र आगामी एक वर्षभित्र एक खर्बको आईटी उत्पादन निर्यात गर्ने लक्ष्य राखेको बताए ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ