काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रतिनिधिसभाबाट पारित भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकबाट बजेट बहुमतले पारित भएको हो ।
अर्थमन्त्री वर्षमान पुनले बैठकमा विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । सो प्रस्तावलाई संसदका बहुमत सांसदहरुले सहमति जनाए ।
बहुमत सांसदहरुको समर्थनसँगै सभामुख देवराज घिमिरेले विनियोजन विधेयक, २०८१ प्रतिनिधि सभाबाट बहुमतले पारित भएको घोषणा गरेका थिए ।