बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • ब्याजदर घट्दा पनि कर्जाको माग छैनः गभर्नर अधिकारी


    हुलाक प्रेस

    • सोमबार, असार २४ २०८१०५:५०
    ब्याजदर घट्दा पनि कर्जाको माग छैनः गभर्नर अधिकारी

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिलेको अवस्थामा कर्जाको माग न्यून भएको बताएका छन् ।

    सोमबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा बोल्दै ब्याजदर घट्दा पनि कर्जाको माग नभएको बताएका हुन् । 

    “अहिले कर्जा रिकोभरीमा समस्या छ । निष्क्रिय कर्जा बढ्नुमा अहिलेको कारण हैन, कोभिडले पारेको प्रभाव पनि हो,” उनले भने, “ब्याजदर घट्दा पनि कर्जाको माग छैन । व्यावसायिक मनोबल गिरेको छ । उठाउनु पर्नेछ ।”

    आगामी मौद्रिक नीति व्यवसायलाई चलायमान बनाउनेतर्फ लक्षित हुने गभर्नर अधिकारीले बताए ।
     


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ