बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • सानिमा बैंकद्वारा सानिमा दिर्घायु बचत खाता अन्तर्गत १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण 


    हुलाक प्रेस

    • बिहीबार , साउन ३ २०८१०७:०९
    सानिमा बैंकद्वारा सानिमा दिर्घायु बचत खाता अन्तर्गत १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण 

    काठमाडौं । सानिमा बैंकले सानिमा दिर्घायु बचत खाता अन्तर्गत १० लाख रुपैँयाको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । यस बैंकका खातावाला दिनेश कार्कीको दुर्घटना भई मृत्यु भएकाले बीमा रकम हस्तान्तरण गरिएको हो । 

    सानिमा बैंकको तर्फबाट हेटौंडा शाखाका शाखा प्रबन्धक रोशन मल्ल र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको तर्फबाट मार्केटिङ अधिकृत अन्जन कर्मचार्यले संयुक्त रुपमा बीमा रकमको चेक हस्तान्तरण गरेका छन् ।

    दुर्घटनाका कारण मृत्यु भएका दिनेश कार्कीले सानिमा बैंकको हेटौंडा शाखामा सानिमा दिर्घायु बचत खाता खोलेका थिए । 

    सानिमा बैंकले सानिमा दिर्घायु बचत खाता अन्तर्गत रु १० लाखको दुर्घटना बीमा, रु १० हजारसम्मको ओ.पि.डि. भुक्तानी शुल्क सहितको रु ५० हजारसम्मको औषधी उपचार बीमा र रु ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधाका साथै अन्य थुप्रै सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

    सानिमा बैंकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा ए.टि.एम. संचालनमा रहेका छन् । 

     


  • सम्बन्धित विषय:

  • # #sanimabank
  • # #sanimadirghayoubachatkhata
  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ