काठमाडौं । यो साता सेयर बजार २२० अंक अर्थात् ९.९८ प्रतिशत बढेको छ । गत साता २२०४ अंकमा रहेको बजार यो साता २४२४ अंकमा पुग्यो । नेप्सेको यो अंक २७ महिनायताकै उच्च हो । नेप्से परिसूचक मात्रै बढेको छैन, कारोबार रकमले त बुल यात्राकै संकेत गरेको छ ।
बिहीबार एकै दिन १५ अर्ब ५४ करोडको धितोत्रप कारोबार भयो । यो कारोबार रकम भदौ २०७८ यताकै उच्च हो । २०७८ भदौमा बजारले ३१९८ अंकको उच्चतम रेकर्ड पनि बनाएको थियो । २०७८ भदौयता यति धेरै रकमको कारोबार नै भएको थिएन ।