बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • ६ वटा उद्योगको काटिएको लाइन जोड्ने विषयमा बसेको प्राधिकरणको बैठक निष्कर्षविहीन


    हुलाक प्रेस

    • सोमबार, साउन ७ २०८१०१:४९
    ६ वटा उद्योगको काटिएको लाइन जोड्ने विषयमा बसेको प्राधिकरणको बैठक निष्कर्षविहीन

    काठमाडौं । काटिएका ६ वटा उद्योगको लाइन जोड्ने विषयलाई लिएर बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठक निष्कर्षविहीन भएको छ । डेडिकेटेड र ट्रंकलाइन विवादमा काटिएका लाइन जोड्नका लागि सोमबार बिहान बैठक बसेको थियो । 

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बै७क बसे पनि हालसम्म कुनै निर्णय नभएको बताए । “निर्णय भएको छैन । हामी निर्णय नभएसम्म लाइन जोड्दैनौँ,” उनले भने ।

    यसअघि, शुक्रबार बसेको प्राधिकरण बैठकले पनि लिखित पत्र नआएसम्म लाइन नजोड्ने निर्णय गरेको थियो ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ