बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी


    हुलाक प्रेस

    • बिहीबार , साउन १० २०८११२:३४
    शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

    चालु आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीति सार्वजनिक हुने भएको छ।

    राष्ट्र बैङ्कका सहायक सूचना अधिकारीका डा. भागवत आचार्यका अनुसार मौद्रिक नीतिका लागि आवश्यक तयारी सम्पन्न भएको र  शुक्रबार बस्ने राष्ट्र बैङ्क सञ्चालक समितिको बैठकले तय गर्ने बताए।

    अघिल्लो वर्ष साउन ७ गते सार्वजनिक गरिएको मौद्रिक नीति यस पटक पनि साउन पहिलो सातामै आउने अनुमान गरिएको थियो।

    अर्थतन्त्र दबाबमा रहेका कारण यस पटकको मौद्रिक नीति कस्तो आउला भनेर सबैतिरबाट हेरिरहेका छन्। सेयर बजारका लगानीकर्ता मौद्रिक नीति कुरेर बसेका छन् भने निजी क्षेत्रदेखि सबै सरोकारवालाले मौद्रिक नीतिलाई चासोका साथ हेरिरहेका छन्।

    राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति ल्याउने सङ्केत गरेका छन भने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि अहिलेको अभावलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउने बताउँदै आएका छन।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ