बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • राष्ट्र बैंकले आईटी तथा इन्जिनियरिङ पढ्ने विद्यार्थीलाई शैक्षिक कर्जा दिन सहजीकरण गरिदिने


    हुलाक प्रेस

    • शुक्रबार, साउन ११ २०८१०२:४८
    राष्ट्र बैंकले आईटी तथा इन्जिनियरिङ पढ्ने विद्यार्थीलाई शैक्षिक कर्जा दिन सहजीकरण गरिदिने

    नेपाल राष्ट्र बैंकले सूचना प्रविधि (आईटी), इन्जिनियरि जस्ता शैक्षिक कार्यक्रम पढ्ने विद्यार्थीलाई ऋण उपलब्ध गराउन सहजीकरण गर्ने भएको छ।

    शुक्रवार आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यसबारे जानकारी दिएका हुन्।​ ​

    “चिकित्सा शास्त्र, इन्जिनियरिङ, सूचना प्रविधि लगायतका उच्च शिक्षा अध्ययनका लागि सक्रिय कोषमार्फत विद्यार्थीहरूलाई सहुलियत रूपमा शैक्षिक कर्जाको व्यवस्था  नीति तथा कार्यक्रमको आधारमा आवश्यक सहजीकरण गरिने छ,” गभर्नर अधिकारीले भने। ​​

    केन्द्रीय बैंकको सहजीकरणले विद्यार्थीहरूलाई उच्च शिक्षा आर्जनमा सहयोग पुर्‍याउने तथा उनीहरूको व्यावसायिक भविष्य सुनिश्चित गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।

     


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ