बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • ओलम्पिक पदक तालिकाको शीर्षमा चीन कायमै, पछयाउदै अमेरिका र फ्रान्स


    हुलाक प्रेस

    • आइतबार, साउन २० २०८१०१:५४
    ओलम्पिक पदक तालिकाको शीर्षमा चीन कायमै, पछयाउदै अमेरिका र फ्रान्स

    काठमाडौं । पेरिस ओलम्पिक–२०२४ को नवौँ दिन पनि चीन पदक तालिकाको शीर्ष स्थानमा यथावत् छ । यही साउन १२ गतेदेखि प्रतियोगिता जारी छ ।

    चीन १६ स्वर्णपदकसहित तालिकाको शीर्ष स्थानमा छ । चीनले १२ रजत र नौ कांस्यसहित कुल ३७ पदक जितेको छ ।

    यो सूचीको दोस्रो स्थानमा अमेरिका छ । अमेरिकाले १४ स्वर्ण, २४ रजत र २३ कांस्यसहित कुल ६१ पदक जितेको छ ।

    तेस्रो स्थानको फ्रान्सले १२ स्वर्ण जितेको छ । फ्रान्सले १४ रजत र १५ कांस्यसहित कुल ४१ पदक जितेको छ । चौथो स्थानको अस्ट्रेलियाले १२ स्वर्ण, आठ रजत र सात कांस्यसहित २७ पदक जितेको छ ।

    पदक तालिकाको पाँचौँ स्थानमा ब्रिटेन छ । ब्रिटेनले १० स्वर्ण, १० रजत र १३ कांस्यसहित ३३ पदक जितेको छ ।

    छैटौँ स्थानको दक्षिण कोरियाले नौ स्वर्ण, सात रजत र पाँच कांस्यसहित २१ पदक जितेको छ । सातौँ स्थानको जापानले आठ स्वर्ण, पाँच रजत र नौ कांस्यसहित कुल २२ पदक जितेको छ ।

    यो सूचीको आठौँ स्थानमा इटाली छ । इटालीले ६ स्वर्ण, आठ रजत र पाँच कांस्यसहित कुल १९ पदक जितेको छ ।

    नवौँ स्थानमा नेदरल्यान्ड्स र १०औँ स्थानमा क्यानडा छन् । नेदरल्यान्ड्सले ६ स्वर्ण, चार रजत र चार कांस्यसहित १४ पदक जितेको छ । क्यानडाले चार स्वर्ण, चार रजत र सात कांस्यसहित १५ पदक जितेको छ ।

    प्रतियोगिताको नवौँ दिन आइपुग्दा ४१ देशले स्वर्ण जितेका छन् । ३६ देशले रजत र ४५ मुलुकले कांस्यपदक जितेका छन् ।

    पेरिस ओलम्पिकमा २०६ राष्ट्रका करिब १० हजार ५०० खेलाडीले ३२९ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।

     

     


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ