बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • कुमारी बैंक र ईसेवाबीच इजी लोन सम्बन्धी सम्झौता


    हुलाक प्रेस

    • शुक्रबार, भदौ ७ २०८१०१:४४
    कुमारी बैंक र ईसेवाबीच इजी लोन सम्बन्धी सम्झौता

    काठमाडौं । ईसेवाका ग्राहकलाई ईसेवा मोबाइल एप मार्फत इजी लोन सुविधा प्रदान गर्ने विषयमा कुमारी बैंक र ईसेवा लिमिटेडबीच सम्झौता भएको छ ।

    कुमारी बैंकसँगको सम्झौता अनुसार ईसेवाले आफ्ना ईसेवा एजेन्टलाई व्यवसाय वृद्धि गर्न विनाधितो २ लाख रुपैयाँसम्म डिजिटल कर्जा सजिलै प्रदान गर्नेछ ।

    पहिलो चरणमा ईसेवा एजेन्टलाई मात्र यो इजी लोन सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ । ईसेवाका अनुसार चाँडै ईसवा मोबाइल एप प्रयोगकर्ताका लागि पनि यो सुविधा उपलब्ध गराउने तयारी रहेको छ ।

    ईसेवा मार्फत लिइने इजी लोन सुविधाबारे थप सर्तहरू ईसेवाको वोबसाइट/एप मार्फत जानकारी लिन सकिने कम्पनीले भनाइ छ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ