बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • सानिमा बैंकका ग्राहकले सीजी मोबाइलमा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा विशेष छुट


    हुलाक प्रेस

    • सोमबार, भदौ १७ २०८१०९:१०
    सानिमा बैंकका ग्राहकले सीजी मोबाइलमा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा विशेष छुट

    काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न सीजी मोबाइल प्रा.लि.मा विशेष छुटको व्यवस्था गरेको छ ।

    यस अन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्ड मार्फत सीजी मोबाइलमा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरेको छ ।

    नथिङ तथा सीएमएफ ब्राण्डका मोबाइल फोनको खरिदमा ७.४ प्रतिशतसम्म तथा एयर बड तथा अन्य एक्सेसरीजको खरिद गर्दा ९ प्रतिशतसम्मको छुट पाउन सक्नेछन् । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सकिने छ । बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ