बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • सहकारीबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिको म्याद १५ दिन थप


    हुलाक प्रेस

    • मंगलबार, भदौ १८ २०८१०६:१४
    सहकारीबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिको म्याद १५ दिन थप

    काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिको म्याद १५ दिन थप भएको छ । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा समितिका सभापति सुर्यबहादुर थापाले १५ दिन म्याद थपको प्रस्ताव राखेका थिए । 

    उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । १५ जेठमा गठन भएको उक्त संसदीय समितिको अवधि ३ महिनाका लागि तोकिएको थियो । पहिलो बैठक बसेको मितिले ३ महिना कायम हुने उक्त समयावधि आगामी भदौ २२ गते सकिँदै थियो । 

    मंगलबारको बैठकमा समिति सभापति थापाले समितिले सार्वजनिक बिदाको दिन, कार्यालय समयबाहेक बिहान, बेलुका र मध्यरातिसम्म काम गरिरहेको जानकारी प्रतिनिधि सभा बैठकमा गराएका छन् । 

     


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ