बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • सौर्य एयरलाइन्सको जहाज तौलको सन्तुलन नमिल्दा दुर्घटनामा परेको खुलासा


    हुलाक प्रेस

    • शुक्रबार, भदौ २१ २०८१०३:१७
    सौर्य एयरलाइन्सको जहाज तौलको सन्तुलन नमिल्दा दुर्घटनामा परेको खुलासा

    काठमाण्डौ । सौर्य एयरलाइन्सको विमान दुर्घटना तौलको सन्तुलन नमिलेका कारण भएको खुलासा भएको छ । गत साउन ९ गते त्रिभुवन विमानस्थलमा भएको सोर्यको जहाजको दुर्घटना बारे अध्ययन गर्न गठित समितिले यस्तो खुलासा गरेको हो ।  

    समितिले तौल र टेकअफको गति नमिलेका कारण जहाजले उचाइ लिन नसकेकाले विमान दुर्घना भएको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमा जहाजको इन्जिनमा कुनै खराबी नदेखिएको उल्लेख गरिएको छ ।  

    प्रतिवेदनमा मर्मतका लागि राखिएका सामग्री नबाँधेर राखेका कारण सबैतिर तौलको सन्तुलन नमिलेका कारण जहाज टेकअफ गर्न साथ सामान सरेर सन्तुलन बिग्रिएको प्रारम्भिक निष्कर्ष निकालिएको छ । टेकअफ गर्दा विमानको तौल ब्यागेजसहित १८  हजार १३२ किलो थियो । यसका अतिरिक्त विमानमा २००० किलो इन्धन पनि थियो ।  

    अन्तिम प्रतिवेदनका लागि विस्तृत प्राविधिक अनुसन्धान हुन बाँकी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । ‘गत साउन ९ गते काठमाण्डौबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज बिहान ११ः११ बजे उड्ने वित्तीकै विमानस्थल नजिकै दुर्घटना भएको थियो । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना सवार थिए ।

    दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनामा विमानका क्याप्टेन भने बाच्न सफल भएका थिए । 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ