बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • मंगल ग्रहमा नयाँ मिसनमा ढिलाइ


    हुलाक प्रेस

    • आइतबार, भदौ २३ २०८१०७:५७
    मंगल ग्रहमा नयाँ मिसनमा ढिलाइ

    न्युयोर्क । नासाले मंगल ग्रहमा आफ्नो नयाँ वैज्ञानिक मिसन एस्केपेड (एस्केप एन्ड प्लाज्मा एक्सेलेरेसन एन्ड डाइनामिक्स एक्सप्लोरर) सुरु गर्न ढिलाइ हुने शुक्रबार जानकारी गराएको छ ।

    एस्केपेड मिसनले मंगल ग्रहको चुम्बकीय वातावरणसँग अन्तरक्रिया र वायुमण्डलीय अवस्थाको अध्ययन गर्न दुई अन्तरिक्षयान प्रयोग गर्नेछ ।

    यो मिसनलाई फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेसनको स्पेस लन्च कम्प्लेक्स ३६ बाट अक्टोबर १३ भन्दा अगाडि प्रक्षेपण गर्ने योजना छ ।

    नासाले लागत, तालिका र प्राविधिक चुनौतीबाट बच्नका निम्ति यो मिसनमा ढिलाइ गरेको जनाएको छ । रासस/सिन्ह्वा


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ