काठमाडौं । काठमाडौँबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ।
सोमबार बिहान ८ बजे सुर्खेतका लागि उडेको जहाज ८ मिनेटमै त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो ।
इन्डिकेटरमा समस्या देखिएकाले जहाज उडेकाे केहीबेरमै अवतरण गरिएको श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए ।