बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • १८ लाख यात्रुलाई सेवा दिएर विदा भयो बुद्ध एयरको एटिआर ४२ जहाज 


    हुलाक प्रेस

    • मंगलबार, भदौ २५ २०८११०:२२
    १८ लाख यात्रुलाई सेवा दिएर विदा भयो बुद्ध एयरको एटिआर ४२ जहाज 

    काठमाडौं । निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक बुद्ध एयरले १६ वर्षअघि भित्र्याएको एटीआर ४२ जहाजलाई मंगलबार बिदाइ गरेको छ । ७० हजार उडान साइकल पूरा गरेपछि मंगलबारदेखि एउटा नाइन एन एआईएन कलसाइनको एटीआर ४२ जहाजलाई विधिपूर्वक बिदा गरेको हो । 

    उडान साइकल सकिए पछि कम्पनीले १८ लाख यात्रु बोकेको यो जहाजको औपचारिक रुपमा बिदा गरेको हो । उडानमा एउटा टेकअफ र एउटा ल्यान्डिङलाई एक साइकल मानिन्छ ।

    सन् २००८ सेप्टेम्बर १७ मा माउन्टेन फ्लाइटबाट व्यवसायिक उडान शुरु गरेको उक्त जहाजले मंगलबार अन्तिम माउन्टेन फ्लाइट गरेको थियो । १६ वर्षको सेवापछि सो जहाज उडाउन बन्द गरेर ह्याङ्गरमा राखिएको छ । उक्त जहाजलाई बुद्ध एयरका कर्मचारीहरुले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा वाटर स्यालुटसहित बिदाइ गरेका थिए।

    उक्त जहाज कम्पनीले नै ४० हजार घण्टा उडाएको छ भने नेपाल आउनु अघि नै यसले ३० जहार घण्टा उडान गरिसकेको थियो । यो जहाजको कति पाटपूर्जा काम लाग्छन् त्यसलाई निकाल्ने, जहाजको बडी निकाल्ने र काम लाग्नेलाई प्रयोग गर्ने र नलाग्नेलाई स्क्राप गर्ने कम्पनीले बताएको छ । कम्पनीका अनुसार जहाजको आयु सकिएकोले अब यसलाई विस्थापित गरिएको हो । विमान निर्माता कम्पनीले तोकेको साईकलभन्दा १ अतिरिक्त उडान पनि गर्न पाइदैन । 

    कम्पनीले सन् २००८ मा अन्तरराष्ट्रिय वित्त निगम(आईएफसी) को ऋण सहयोगमा दुई वटा एटीआर–४२–३२० जहाज नेपाल ल्याएको थियो । उसले आईएफसीकै ऋण सहयोगमा ह्यांगरको निर्माण पनि थालेको थियो । विगत १६ वर्षको अवधिमा कम्पनीले १९ वटा एटीआर जहाजहरु ल्याएर घरेलु बजारमा उडान गरिरहेको छ । कम्पनी एटीआर अपरेटरतर्फ संसारकै सातौं ठूलो एयरलाइन्स कम्पनी बनेको छ।

    कम्पनीले १६ वर्ष ३ दिने उडानका  क्रममा उक्त जहाजले १८ लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान गरेको कम्पनीको भनाइ छ ।कम्पनीका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले जहाजलाई बिदा गर्ने क्रममा एटीआर विमानहरुको मर्मतसम्भार र उडान सञ्चालनमा बुध्द एयरको टेक्निकल तथा अपरेसन टिम विकसित राष्ट्रकोभन्दा कम नरहेको बरु अब्बल रहेको बताए ।

    कार्यक्रममा नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि, विभिन्न बैंकका उच्च अधिकृतहरुको पनि उपस्थिती थियो । कम्पनीले हाल दैनिक १५० भन्दा बढि उडानमार्फत दशौं हजार यात्रुलाई सेवा प्रदान गरिरहेको बताएको छ ।

    कम्पनीले घरेलु उडानतर्फ पोखराबाट नेपालगञ्ज, भैरहवा तथा चितवनको पनि सिधा उडान गरिरहेको छ भने धनगढी तथा सुर्खेतमा पनि उडान संख्या वृद्धि गरेको छ । यसैगरी, अन्तरराष्ट्रिय उठानतर्फ भने कम्पनीले साताको ३ दिन भारतको वाराणसी उडान गर्दै आएको छ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ