बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • साफ महिला च्याम्पियनसिप–२०२४: भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश


    हुलाक प्रेस

    • आइतबार, कात्तिक ११ २०८११०:१३
    साफ महिला च्याम्पियनसिप–२०२४: भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश

    काठमाडौं । साफ महिला च्याम्पियनसिप–२०२४ मा भारतलाई पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको छ । नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएको हो ।

     निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइब्रेकरबाट भएको थियो । ट्राइब्रेकरमा नेपालका सावित्रा भण्डारी, गीता रानामगर, सविता रानामगर र अमिसा कार्की चारै जनाले गोल गरे ।

    नेपालले अब उपाधिका लागि बंगालदेशसँग भिड्नेछ । आजै भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ७–१ गोल अन्तरले हराउँदै फाइनलमा पुगेको थियो ।

    यसअघिका चार संस्करणमा उपाधिका लागि भिडेका यी दुई टोली लगातार दोस्रोपटक सेमिफाइनलमा आमनेसामने भएका थिए ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ