बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • समस्याग्रस्त सहकारीका बचतकर्ताको डेढ अर्ब रकम फिर्ता


    हुलाक प्रेस

    • मंगलबार, कात्तिक १३ २०८१०९:०७
    समस्याग्रस्त सहकारीका बचतकर्ताको डेढ अर्ब रकम फिर्ता

    काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताको एक अर्ब ५१ करोड ५३ लाख ३७ हजार रुपैयाँ फिर्ता गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गरेर एक लाखभन्दा कम बचत भएकाहरूको पूरै र बढी भएका ४३८ जनालाई पनि दामासाहीले राहत दिने काम गरिएको जनाएको हो ।

    समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमार्फत सरकारले बचतकर्ताको रकम फिर्ता गर्ने काम गरेको हो । भूमि व्यवस्था, सहकारीमन्त्री बलराम अधिकारीले मागदाबी गर्ने बचतकर्ताहरूमध्ये ६ हजार ५९३ जनाको रकम चुक्ता गरिएको जानकारी दिए ।

    सरकारी तथ्यांकअनुसार, मागदाबी गर्ने बचतकर्ताको संख्या ६२ हजार ७६० छ । उनीहरूमध्ये ६,५९३ जनाको बचत रकम फिर्ता गरिएको हो । बाँकी ५६ हजार ६०५ जनाको बचत रकम सम्बन्धित सहकारीको पुँजी, भौतिक सम्पत्ति, लगानी गरेको ऋण असुलीको माध्यमबाट फिर्ता गराइने मन्त्रालयले जनाएको छ ।

    मन्त्री अधिकारीले सहकारीका दोषी सबैलाई कारबाहीको दायरामा ल्याउने गरी सरकारले सहकारी सम्बन्धी ऐन संशोधन गर्न लागिएको पनि जानकारी दिए ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ