बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • सात वटा वाणिज्य बैंकको लाभांश घोषणा, कुन बैंकको कति ?


    हुलाक प्रेस

    • सोमबार, कात्तिक १९ २०८१०७:२२
    सात वटा वाणिज्य बैंकको लाभांश घोषणा, कुन बैंकको कति ?

    काठमाडौं । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये अहिलेसम्म ७ वटा बैंकले लाभांश घोषणा गरेका छन् । जसमा तीन वटा बैंकले नगदमात्रै लाभांश दिएका छन् । सबैभन्दा धेरै लाभांश स्टयान्डर्ड चार्टर्ड बैंकको २५.५ प्रतिशत नगद लाभांश रहेको छ ।

    बैंकले ६.५ प्रतिशत बोनस र कर प्रयोजनका लागि १९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । प्राइम बैंकले गत आवको नाफाबाट ५ प्रतिशत लाभांश घोषणा गरेको छ । यो पटक बैंकले बोनस सेयर नदिने भएको छ ।

    सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट ५.२६ प्रतिशत नगद लाभांश दिने प्रस्तवा गरेको छ । बैंकले साधारणसभा मंसिर ४ गते गर्ने प्रस्ताव गरेको छ । बैंकले कात्तिक २५ गते बुक क्लोज गर्ने भएको छ ।

    ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको नाफबाट ५.५ प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ । यो पटक बैंकले नगद लाभांश नदिने भएको छ ।

    नबिल बैंकले गत आथिको नाफाबाट १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो पटक बैंकले बोनस सेयर नदिने भएको छ ।

    यी बैंकहरुले गरेको प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

    यस्तै सिटिजन्स बैंकले गत आवको नाफाबाट ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश दिएको छ । बैंकको सभाले यो प्रस्ताव पारित गरेको छ ।

    यस्तै एभरेष्ट बैंकले १० प्रतिशत बोनस र ५.५३ नगद सहित १५.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव बैंकको वार्षिक साधारण सभाले पारित गरेको छ ।


  • सम्बन्धित विषय:

  • # बैंकको लाभांश
  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ