बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • अरुण भ्याली हाइड्रोपावरको लाभांश अनुमोदन, बोनस कति ?


    हुलाक प्रेस

    • मंगलबार, कात्तिक २० २०८१०९:१३
    अरुण भ्याली हाइड्रोपावरको लाभांश अनुमोदन, बोनस कति ?

    काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको सत्ताइसौं बार्षिक साधारणसभा कात्तिक १४ गते सम्पन्न भएको छ ।

    होटल क्रिस्टल पशुपति गौशाला काठमाडौंमा सम्पन्न साधारण सभाले गत वर्षको मुनाफाबाट सेयरधनीलाई करसहित ३ प्रतिशत बोनस सेयर र ०.१५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

    साथै सभाले आर्थिक वर्ष २०८०-८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात नाफा नोक्सान हिसाबलाई छलफल गर्दै पारित गर्नुका साथै अर्को आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गर्दै निजको पारिश्रमिक निर्धारण पनि गरेको हो।

    यसैगरी, लिखु खोला जलविद्युत आयोजनाको निर्माणका लागि बैंक तथा वित्तीय संस्थाहरुसँग गरिएको ऋण सम्झौतामा कर्पोरेट ग्यारेन्टी दिने, नियमावली तथा प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव सभाले पारित गरेको छ ।


  • सम्बन्धित विषय:

  • # अरुण भ्याली
  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ