बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टीतेलको घट्यो


    हुलाक प्रेस

    • आइतबार, मंसिर ३० २०८१०९:२३
    पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टीतेलको घट्यो

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । आइतबार मध्यरातिदेखि लागु हुने गरी मूल्य बढाइएको हो । निगमले डिजेल र मट्टीतेलको मूल्य भने घटाएको छ ।

    पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाइएको हाे । डिजेल र मट्टीतेलको मूल्य भने प्रतिलिटर दुई रुपैयाँले घटाइएको निगमले जानकारी गराएको छ ।

    निगमले पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि प्रतिलिटर १६१ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १६२ रुपैयाँ तोकेको छ । यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि प्रतिलिटर १५० रुपैयाँ र तेस्रो वर्गका लागि १५१ रुपैयाँ निर्धारण गरिएको छ ।

    निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल तोकेको छ । डिपोदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागु हुने निगमले जनाएको छ ।

     


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ