बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • यू–१९ महिला एसिया कपः नेपालको ऐतिहासिक प्रदर्शन, पाकिस्तानमाथि ६ विकेटको जित


    हुलाक प्रेस

    • सोमबार, पुस १ २०८१०३:२१
    यू–१९ महिला एसिया कपः नेपालको ऐतिहासिक प्रदर्शन, पाकिस्तानमाथि ६ विकेटको जित

    काठमाडौँ । नेपाली यू–१९ राष्ट्रिय महिला टोलीले यू–१९ टी–२० एसिया कपमा सानदार प्रदर्शन गरेको छ। मलेसियाको क्वालालाम्पुरस्थित बायुमास क्रिकेट ओभलमा भएको आफ्नो पहिलो खेलमा नेपालले टेस्ट राष्ट्र पाकिस्तानविरुद्ध ६ विकेटको सानदार जित हासिल गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो।

    टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४ रन बनाएको थियो। १ सय ५ रनको जवाफी लक्ष्य पछ्याएको नेपालले उक्त लक्ष्य अन्तिम ओभर बाँकी हुँदै ४ विकेट गुमाएर पूरा गरेको थियो।

    नेपालका लागि कप्तान पूजा महतोले ४७ रनको सानदार अविजित इनिङ्स खेल्दा उनलाई सिमना केसीले १२ रनको अविजित इनिङ्स खेल्दै साथ दिएकी थिइन्। पूजाले ४७ बल खेल्दै ३ चौका प्रहार गरिन्। त्यसअघि सोनी पाख्रिनले १३ र साना प्रविनले १० रन बनाइन्। पाकिस्तानका लागि फतिमा खान र क्वार्टुलानले १–१ विकेट लिए।

    त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानका लागि कोमल खानले सर्वाधिक ३८ रन जोडिन्। उनले ४४ बलमा २ चौका प्रहार गरेकी थिइन्। त्यस्तै, महम अनिसले ३७ बलमा २ चौकाको सहयोगमा २९ तथा रभेल फरहानले १५ बलमा १३ रन जोडेकी थिइन्।

    नेपालका लागि कप्तान पूजा महतोले २ तथा रचना चौधरी, रिया शर्मा र सिमाना केसीले समान १–१ विकेट लिएका थिए।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ