बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • सानिमा बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तरदेशीय क्यूआर भुक्तानी गर्ने सम्झौता


    हुलाक प्रेस

    • मंगलबार, पुस २ २०८११०:०३
    सानिमा बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तरदेशीय क्यूआर भुक्तानी गर्ने सम्झौता

    काठमाडौं । सानिमा बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग ‘अलिपेप्लस’ नेटवर्क प्रयोगकर्ताहरूलाई सहज रूपमा अन्तरदेशीय क्यूआर भुक्तानी गर्न सम्झौता गरेको छ ।

    यस सम्झौताअन्तर्गत, चीन, हङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्यान्ड, दक्षिण कोरिया, स्वीडेन तथा इटली लगायतका देशहरूबाट नेपाल आएका पर्यटकहरू र ‘अलिपेप्लस’ प्रयोगकर्ताहरूले डोमेस्टिक वालेटमार्फत नेपालमा रहेका ‘नेपालपे क्यूआर’ तथा यसका ‘इन्टरअपरेबल क्यूआर’मा सजिलै भुक्तानी गर्न सक्नेछन् ।

    उक्त सम्झौता पत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज संज्याल र नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

    सानिमा बैंकले देशका सातै प्रदेशमा १३४ कार्यालय र १२५ एटीएममार्फत सेवा दिँदै आएको छ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ