काठमाडौं । हिमाल वाटर पार्क एन्ड भिलेज होटल लिमिटेडले आइपीओ जारी गर्ने भएको छ। कम्पनीले सोही प्रस्तावसहित यहीँ पुस २९ गते वार्षिक साधारणसभाको बैठक आह्वान गरेको छ।
कम्पनीले रजिष्टर्ड कार्यालय, विरगञ्ज महानगरपालिका, पर्सामा बिहान ११ बजे सुरु हुने बैठकमा आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्न तयारी छ।
यसका साथै, आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार उक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने तयारीसमेत रहेको छ।