बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • यी ४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


    हुलाक प्रेस

    • बिहीबार , पुस ११ २०८१०९:१९
    यी ४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ४ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज सिद्धार्थ बैंक, हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल), सर्वोत्तम सिमेन्ट, र ग्रीन भेन्चर्स लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।  

    सिद्धार्थ बैंक र ग्रीन भेन्चर्सले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि पुस १४ गते र एचआईडीसीएल र सर्वोत्तम सिमेन्टले पुस १२ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म  नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै यी कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।  

    पुस १२ गते शुक्रबार र १३ गते शनिबार सेयर कारोबार हुनेछैन ।  

    सिद्धार्थ बैंकले गत आवको वितरणयोग्य मुनाफाबाट ४ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) प्रदान गर्ने निर्णय गरेको छ ।  बैंकले पुस २८ गते साधारण सभा आयोजना गर्दैछ । सोही सभाबाट प्रस्तावित लाभांश पारित हुनेछ ।  

    एचआईडीसीएलले पनि गत आवका लागि ५.२५ प्रतिशत नगद लाभांशको घोषणा गरेको छ । यो लाभांश पुस २४ गते आयोजना हुने कम्पनीको १३ औं साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।  

    सर्वोत्तम सिमेन्टले गत आवका लागि सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश(कर समेत)गरी कुल १० प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ । कम्पनीको पुस २६ गते रुपेन्देहीमा रहेको होटल भिलासामा बिहान ११ बजेदेखि सभा आयोजना हुने साधारण सभाले उक्त लाभांश अनुमोदन गर्नेछ ।  

    यस्तै ग्रीन भेन्चर्सले पनि १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । कम्पनीले लाभांश पारित गर्न पुस २८ गते साधारण सभा आयोजना गर्दैछ । 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ