बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • नेप्सेमा ५ वटा कम्पनीको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?


    हुलाक प्रेस

    • बुधबार, पुस १७ २०८१११:१५
    नेप्सेमा ५ वटा कम्पनीको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ५ वटा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । यी कम्पनीले आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।  

    नेप्सेमा लक्ष्मी सनराइज बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, डिप्रोक्स लघुवित्त,शिवम् सिमेन्ट, र साना किसान विकास लघुवित्तको सेयरमूल्य समायोजन भएको हो ।  

    लक्ष्मी सनराइज बैंकले गत आवका लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको ५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ। समायोजनपश्चात बैंकको सेयरमूल्य प्रतिकित्ता २२४.७६ रुपैयाँ कायम भएको छ । समायोजन अघि बैंकको सेयरमूल्य प्रतिकित्ता २३६ रुपैयाँ कायम थियो ।  

    यस्तै सांग्रिला डेभलपमेन्ट बैंकले घोषणा गरेको ३.६५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन हुँदै प्रतिकित्ता ३७२.४० रुपैयाँ कायम भएको छ । समायोजन अघि बैंकको सेयरमूल्य प्रतिकित्ता ३८६ रुपैयाँ थियो ।  

    डिप्रोक्स लघुवित्तको पनि सेयरमूल्य समायोजन हुँदै प्रतिकित्ता ७८५.३९ रुपैयाँ कायम भएको छ । संस्थाले गत आवका लागि सेयरधनीहरुलाई ९.५० प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ ।  

    यस्तै समायोजनपश्चात शिवम् सिमेन्टको सेयरमूल्य प्रतिकित्ता ५१२.२१ रुपैयाँ कायम भएको छ । कम्पनीले गत आवका लागि ८.५५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ ।  

    साना किसान विकास लघुवित्तले घोषण गरेको १३.३० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ । समायोजनपश्चात संस्थाको सेयरमूल्य प्रतिकित्ता ८१४.६५ रुपैयाँ निर्धारण भएको छ । 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ