बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य तोलामा १२ सयले बढ्यो


    हुलाक प्रेस

    • बिहीबार , माघ ३ २०८११०:५२
    सुनको मूल्य तोलामा १२ सयले बढ्यो

    काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस दिन छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५६ हजार ६०० रुपैयाँ कायम छ । बुधबार (हिजो) छापावाल सुन प्रतितोला एक लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८८० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ८३० मा किनबेच भएको थियो ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ