बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • कुमारी बैंकको नाफा र ब्याज आम्दानी दुवै घट्यो, वितरणयोग्य मुनाफा ६.४७ अर्बले ऋणात्मक


    हुलाक प्रेस

    • सोमबार, माघ ७ २०८१०९:५९
    कुमारी बैंकको नाफा र ब्याज आम्दानी दुवै घट्यो, वितरणयोग्य मुनाफा ६.४७ अर्बले ऋणात्मक

    काठमाडौं । कुमारी बैंक लिमिटेडको खुद नाफा र ब्याज आम्दानीम कमी आएको छ । बैंकले आज सार्वजजिक गरेको चालु आव २०८१/८२ को दोस्रो त्रैमासिक प्रतिवेदनअनुसार बैंकको नाफा र आम्दानीमा कमी देखिएको हो ।  

    बैंकको खुद नाफा आर्जनमा ६८.२० प्रतिशतको कमी आएको छ । दोस्रो त्रैमाससम्ममा बैंकले २७ करोड ५७ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आवको सोही अवधिसम्ममा भने बैंकको खुद नाफा ८६ करोड ७२ लाख रुपैयाँ थियो ।  

    बैंकले नाफासँगै खुद ब्याज आम्दानीमा पनि कमी आएको छ । समीक्षा अवधिमा बैंकले ५ अर्ब ३१ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा भने ७.१९ प्रतिशतले कम हो । बैंकको खुद शुल्क तथा कमिशन आम्दानी १५.११ प्रतिशतले बढेर १ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । बैंकको खुद सञ्चालन आम्दानी ४ अर्ब ४८ करोड रुपैयाँबाट घटेर ३ अर्ब ८१ करोड रुपैयाँमा सीमित बनेको छ ।  

    बैंकको सञ्चालन मुनाफामा पनि घटेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्ममा १ अर्ब ४९ करोड रुपैयाँ रहेको बैंकको सञ्चालन मुनाफा घटेर ७२ करोड १५ लाखमा झरेको छ ।  

    यो अवधिसम्म बैंकले १५ अर्ब २६ करोड रुपैयाँबराबरको रिजर्भ गरेको छ । बैंकको रिटेन्ड अर्निङ भने ६ अर्ब ४७ करोड रुपैयाँले ऋणात्मक अवस्थामा छ । दोस्रो त्रैमाससम्ममा बैंकको निक्षेप संकलन र कर्जा प्रवाह बढेको छ ।  

    निक्षेप संकलन ३ खर्ब ३३ अर्ब रुपैयाँबाट बढेर ३ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको छ । यस्तै कर्जा प्रवाह पनि २ खर्ब ६८ अर्बबाट बढेर २ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ ।  

    बैंकको वितरणयोग्य मुनाफा भने ६ अर्ब ४७ करोड रुपैयाँले ऋणात्मक अवस्थामा छ । बैंकको खराब कर्जा अनुपात ४.९७ प्रतिशतबाट बढेर ६.९६ प्रतिशत पुगेको छ ।    

    समीक्षा अवधिसम्ममा बैंकको प्रतिसेयर आम्दानी(ईपीएस)६.६१ रुपैयाँबाट घटेर २.१० रुपैयाँमा खुम्चिएको छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १३३.५१ रुपैयाँ,मूल्य आम्दानी अनुपात ९९.५२ गुणा र तरलता अनुपात ३०.६१ प्रतिशत कायम भएको छ । 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ