बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • रिलायन्सको आईपीओ रोक्न परेको रिट खारेज गर्ने उच्च अदालतको आदेश


    हुलाक प्रेस

    • बिहीबार , माघ १० २०८१११:३२
    रिलायन्सको आईपीओ रोक्न परेको रिट खारेज गर्ने  उच्च अदालतको आदेश

    काठमाडौं । उच्च अदालत पाटनले रिलायन्सको आईपीओ निष्काशन रोक्न भनि परेको रिट खारेज गर्दै पुनर्मूल्यांकन गर्न सुझाएपछि बोर्डले सुपरिवेक्षण विभागका प्रमुखको नेतृत्वमा अध्ययन समिति गठन गरेको छ । नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सक आईपीओ सम्बन्धमा आवश्यक निर्णय गर्न एक समिति बनाएको हो ।

    आईपीओ रोक्न परेको मागमा उच्च अदालत पाटनले आफूले कानुनी वैधताको हकमा मात्र निरूपण गर्न मिल्ने भन्दै बाँकी विषयमा बोर्ड नै जवाफदेही हुने निष्कर्ष निकालेको थियो ।

    अदालतले लगानीकर्ताको हित संरक्षण गर्ने दायित्व बोर्डको नै भएकोले त्यस सम्बन्धमा बोर्डले उपयुक्त निर्णय गर्न सक्ने उल्लेख गरेको छ । सोही परिवेशमा बोर्डले आवश्यक अध्ययन र निर्णयका लागि अध्ययन समिति बनाउने निर्णय गरेको हो ।

    बोर्ड स्रोतकाअनुसार उच्च अदालत पाटनको सुझाब कार्यान्वयन गर्न तथा रिलायन्सको आईपीओ निष्कासनका लागि पुनः मूल्यांकन गर्न आवश्यक हो कि होइन भनेर निष्कर्षमा पुग्ने विषयमा समितिले अध्ययन गर्नेछ ।

    उच्च अदालत पाटनले रिलायन्सको आईपीओ निष्कासन प्रक्रिया नै रोक्नुपर्ने आदेश माग गर्दै दायर रिट निवेदन २०८१ साउन १४ मा खारेज गर्ने आदेश दिएको थियो । न्यायाधीशद्वय कृष्णराम कोइराला र डिल्लीरत्न खनालको संयुक्त इजलासले साउन १४ मा त्यसअघि असार २६ मा दिएको अन्तरिम आदेश खारेज गर्दै लगानीकर्ताको हित संरक्षण गर्ने दायित्व धितोपत्र बोर्डकै भएको उल्लेख गर्दै रिट खारेज गरेको हो ।

    प्रतिकित्ता ८२० रूपैयाँ ८० पैसा

    रिलायन्सले प्रतिकित्ता ८ सय २० रुपैयाँ ८० पैसाको दरले सर्वसाधारणलाई ११ लाख ५५ हजार ९ सय ६० कित्ता आईपीओ बिक्री गर्न बोर्डसँग २०८० माघ २३ गते अनुमति मागेको थियो ।

    कम्पनीले सर्वसाधारणमा कुल ९४ करोड ८८ लाख ११ हजार ९ सय ६८ रुपैयाँको आईपीओ जारी गर्दैछ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल हो । कम्पनीले यसअघि योग्य संस्थागत लगानीकर्ताका लागि बोलपत्र आह्वान गरेकामा योग्य संस्थागत लगानीकर्ताले कबोल गरेको मूल्यका आधारमा सेयरको कट अफ मूल्य प्रतिकित्ता ९ सय १२ रुपैयाँ कायम भएको थियो । नियमअनुसार यो मूल्यको १० प्रतिशत कममा सर्वसाधारणलाई आईपीओ बिक्री हुन लागेको हो ।

    रिलायन्सले जारी पुँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४५ प्रतिशतले हुने १९ करोड २६ लाख ६० हजार रुपैयाँबराबरको १९ लाख २६ हजार ६ सय कित्ता सेयर जारी गर्न अनुमति पाएको थियो ।

    रिलायन्स बुकबिल्डिङमार्फत जारी भएको दोस्रो आईपीओ हो । यसअघि सर्वोत्तम सिमेन्टको आईपीओ बुक बिल्डिङ माध्यमबाट जारी भएको छ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ