बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • बोटलर्स नेपाल (तराई)को नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा


    हुलाक प्रेस

    • बुधबार, माघ २३ २०८११२:३३
    बोटलर्स नेपाल (तराई)को नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा

    काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । कम्पनीले माघ ६ गतेदेखि हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा उक्त नगद लाभांश जम्मा गरेको हो ।  

    कम्पनीको पुस २६ बसेको ३८ औं साधारण सभाले गत आवका लागि चुक्तापूँजीको ५० प्रतिशत नगद लाभांश अनुमोदन गरेको थियो । कम्पनीले आफ्नो बैंक विवरण अद्यावधिक गर्न÷गराउन बाँकी रहेका योग्य सेयरधनीहरुको लाभांश रकम हितग्राही खातामा बैंक खाता सम्बन्धी विवरण अद्यावधिक गराए पश्चात् मात्र क्रमैसँग जम्मा गर्ने व्यवस्था मिलाइएको जनाएको छ ।

    लाभांश रकम सेयरधनीहरुको बैंक खातामा मार्फत जम्मा गर्दा लाग्ने बैंक शुल्क सम्बन्धित सेयरधनी स्वयंले व्यहोर्नु पर्ने समेत कम्पनीले उल्लेख गरेको छ ।  

    सेयर धितोमा राखेका सेयरधनीहरुले लाभांश रकम प्राप्त गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नो अब्जेक्सन लेटर वा फुकुवा(पत्र अनिवार्य रुपमा पेश गर्नु पर्ने कम्पनीले जनाएको छ । 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ