बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य आज पनि प्रतिऔस २३ डलरले बढ्यो


    हुलाक प्रेस

    • बिहीबार , माघ २४ २०८११०:३९
    सुनको मूल्य आज पनि प्रतिऔस २३ डलरले बढ्यो

    काठमाडौं । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य आज पनि बढेको छ । चीन र अमेरिकाबीचको व्यापार युद्धका विषयमा चासो बढेसँगै सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । बढ्दो तनावका बीच लगानीकर्ताले तुलनात्मक रुपमा सुरक्षित लगानीको रुपमा सुनमा लगानी बढाएका छन् ।  

    फलस्वरुप आज सुनको मूल्य ०.८२ प्रतिशत अर्थात प्रतिऔंस २३ डलरले बढेको छ । यो समाचार तयार पार्दासम्म सुनको मूल्य अन्तराष्ट्रिय बजारमा प्रतिऔंस २ हजार ८६५ डलरमा कारोबार भईरहेको छ ।  

    अमेरिकाले विभिन्न देशमाथि लगाएको भन्सार महशुलका कारण विश्वव्यापी व्यापार अनिश्चिनता बढेका कारण सुनको मूल्य प्रभावित भएको विश्लेषकहरुले बताएका छन् । 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ