बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • पिपुल्स पावरको आम्दानी र नाफा दुवै घट्यो


    हुलाक प्रेस

    • आइतबार, माघ २७ २०८१०९:०४
    पिपुल्स पावरको आम्दानी र नाफा दुवै घट्यो

    काठमाडौं । पिपुल्स पावर लिमिटेडको आम्दानी र नाफा दुवै घटेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ८३ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

    अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले १ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यसरी कम्पनीको नाफामा ४३.९४ प्रतिशतको गिरावट आएको छ ।  

    कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत २ करोड १७ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ६५.९९ प्रतिशतले कम हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीमार्फत ६ करोड ३९ लाख रुपैयाँ आर्जन गरेको थियो ।    

    कम्पनीको अन्य सञ्चालन खर्च ३४ लाख ६४ हजार वित्त खचै ६५ लाख ५७ हजार र प्रत्यक्ष खर्च २९ लाख ९७ हजार रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भको आकार २ करोड १७ लाख रुपैयाँ रहेको छ । यस्तै कम्पनीको कुल चालु सम्पत्ति ३ करोड २१ लाख र कुल चालु दायित्व १४ लाख ५५ हजार रुपेयाँ छ ।  

    समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१.३१ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १०३.४३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १५४.९१ रुपैयाँ र तरलता अनुपात २२.०९ गुणा कायम भएको छ । 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ