बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले बढ्यो


    हुलाक प्रेस

    • सोमबार, माघ २८ २०८१११:२८
    सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले बढ्यो

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेर कारोबार भएको छ । सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस दिन छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६९ हजार ६०० रुपैयाँ कायम छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ६८ हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।

    चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९७५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ