बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • आज कतिमा भइरहेछ सुनको कारोबार ?


    हुलाक प्रेस

    • सोमबार, फागुन १२ २०८१११:३४
    आज कतिमा भइरहेछ सुनको कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सोमबार (फागुन १२) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ७० हजार ८०० रुपैयाँ कायम छ । आइतबार (फागुन ११) छापावाल सुन प्रतितोला एक लाख ७० हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।

    चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ